सुरक्षाकर्मीको मनोबल बढाउने कुरामा कन्जुस्याई गर्दिन: आन्तरिक मामिलामन्त्री गाहामगर
बाग्लुङ | फागुन १८, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताउनुभएको छ ।
सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
मुलुकले उत्कृष्ट नतिजा पाउनका लागि सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘मुलुकले रिजल्ट पाउनका लागि लगानी गर्नैपर्छ । त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउनेगरी मैले पनि काम गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक छु ।’

उहाँले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सधै सकारात्मक रहेको स्पष्ट पार्दै सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने बताउनुभयो ।
मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सिमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताउनुहुँदै सुरक्षाकर्मीहरुको योगदानको मूल्याङ्कन हुने बताउनुभयो । ‘स्रोत र साधनको अभावले पनि भुगोलको दर्दनाक परिस्थितिमा पनि तपाइहरुले जाखिम मोलेर काम गर्नुपरेको छ । यसको ढिलो चोडो मुल्याङ्न हुन्छ ।’ उहाँले भन्नुभयो ।
आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने बताउनुभयो ।

मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताउनुहुँदै भन्नुभयो, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र कर्तव्य पुरा गर्नुपर्छ । फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ ।’
सो उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापन सम्बन्धि छलफल गरेको थियो ।
छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो ।

सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापती दिपक कुमार बाँनिया बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गोणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

